म्यागेजिन

Tata MotorsTata Motors

मान्छे ४७ हजार वर्षअघि गुफामा बस्थ्यो, मुसाको शिकार गर्थ्यो

इथियोपियाको बेल पर्वतीय क्षेत्रस्थित फिन्चा हार्बराको चट्टाने गुफा। यो ठाउँ समुद्र सतहबाट ११ हजार फिटको उचाइमा छ। तस्विरः जी.ओसेन्ड्रफ/न्युयोर्क टाइम्स


कार्ल जिम्मर
काठमाडौं, साउन २५

मानव सभ्यताको खोज गरिरहेका वैज्ञानिकहरु एउटा रोचक तथ्यमा पुगेका छन्। उनीहरुको अनुसन्धानले इथियोपियाको पहाडी क्षेत्रमा ४७ हजार वर्षअघि मानव जातिले उच्च जीवनशैली अपनाएको पत्ता लगाएको छ।

केही दिनअघि साइन्स जर्नलमा प्रकाशित खोजले समुद्री सतहदेखि ११ हजार फिटमाथि चट्टानका फेदमा प्राचीन मानवले उच्चस्तरीय जीवनशैलीयापन गरेको खुलासा गरेको हो। पहिला पनि यस किसिमका चर्चा विज्ञान जगतमा हुँदै आएका थिए। अहिले वैज्ञानिकहरुले ठोस प्रमाण नै संकलन गरेर तथ्य बाहिर ल्याएका हुन्।

पहिला–पहिला मानव अध्ययेताहरुको टोली पूर्वी अफ्रिकामा रिफ्ट उपत्यका र अन्य पुरातात्विक क्षेत्रको उत्खननमा केन्द्रित थियो। वैज्ञानिकहरुको पछिल्लो अध्ययन उच्च पहाडी भेगमा केन्द्रित हुँदा यो तथ्य भेटिएको हो। ‘मानव जातिको इतिहासबारे उचाइमा अध्ययन गर्ने सम्भवतः हामी नै पहिलो हौं’, जर्मनीस्थित युनिभर्सिटी अफ कोलनका पुरातत्वविद् गोट्ज ओसेडर्फ भन्छन्।

उच्च पहाडी भेगमा ४७ हजार वर्षअघि शिकारी जीवनशैली थियो। त्यो क्रममा मानिसहरुले मुसाका लागि शिकार गर्थे। ज्वालामुखीबाट निस्किएका ढुंगाहरुलाई हतियारको रुपमा प्रयोग गर्थे। उनीहरु चट्टानी गुफामा आश्रय लिएर बस्थे। मानिसले करिब १६ हजार वर्षसम्म यसरी नै जीवनयापन गरेको अध्ययनले पुष्टि गरेको छ।

fincha3
बेल पर्वतस्थित फिन्चा हार्बरा क्षेत्रमा पाइएको प्राचीन मुसाका हड्डीहरु। ४७ हजार वर्षअघि मानिसले मुसालाई आहार बनाउने गरेका थिए।

के हाम्रा पुर्खाहरुलाई त्यो उचाइमा बाँच्न सहज थियो होला त?

त्यसो त त्यतिबेला उचाइबाट बच्ने उपायहरुको कल्पनै भइसकेको थिएन। उचाइको बासस्थान आफैँमा चुनौतीको विषय थियो। धेरै उचाइमा वनजंगल वा घाँसे मैदान हुँदैनन्। न्यून तहको अक्सिजन हुन्छ। त्यसैले अहिले पनि उचाइमा क्षेत्रमा व्यवस्थित बसोबास चुनौतको विषय रहिआएको छ।

‘हाम्रा पुर्खाहरु समथर मैदानमै हुर्केका हुन्’, युनिभर्सिटी अफ क्यालिफोर्नियाका पुरातत्वविद् मार्क अल्डेनडर्फरले भन्छन्।

चुनौतीका बाबजुद पनि मानिसले लामो समयसम्म उच्च पहाडी भेगमा बसोबास गरेको पाइएको हो। आजको इथियोपिया, एन्डेस र तिब्बतमा मानिसहरु स्थायी रुपमै उच्च हिमाली भेगमा बसोबास गरिरहेका छन्। यी ठाउँहरु हजारौं वर्षदेखि अहिलेसम्म निरन्तर मानव बसोबास भएकामध्ये अन्तिम ठाउँहरु हुन्।

पछिल्ला वर्षहरुमा मानिस पहाडी र पठार क्षेत्रमा जाने क्रम बढेको छ। यसलाई पुरातत्वविदहरु दशौँ हजार वर्षअघिको मानवीय जीवनशैलीसँग जोड्ने ‘सूत्र’ ठान्छन्। सन् २०१८ मा अध्ययनकर्ताहरुको एउटा टोलीले तिब्बती पठार क्षेत्रमा ३० हजार वर्षअघिका ‘स्टोन ब्लेड’ र अन्य सामग्री भेट्टाएका थिए। त्यसपछि अर्को टोलीले १ लाख ६० हजार वर्ष पुरानो बंगाराको हड्डी अफ्रिकामा फेला पारे।

fincha1फिन्चा र्हाबरा क्षेत्रमा भेटिएको ज्वालामुखी विस्फोटबाट बनेको ढंगे हतियार। तस्विरः जी.ओसेन्ड्रफ/न्युयोर्क टाइम्स

इथियोपियामा पाइएका सामान्य ढुंगाका हतियारहरु सयौँ तथा हजारौं वर्ष पुराना हुन्। मानव पुर्खाले ती सामग्री प्रयोग गरेर छोडेका हुनसक्ने वैज्ञानिक अनुमान छ।

यी सामग्रीहरु पाइँदैमा उनीहरु उच्च पहाडी भेगमै बसोबास गर्थे भन्नेमा पूर्ण आश्वस्त हुन भने गाह्रो छ। ‘जो कोही अहिले पनि त्यस्ता उच्च भेगमा गई केही हप्ता बसोबास गर्न सक्छन्। स्थायी रुपले त्यहाँ बसिरहन कठिन कुरा हो’, डा.अल्डेनडर्फर भन्छन्, ‘विशेषगरी समाज निर्माण गरेर पुस्तौँसम्म त्यहीँ रहनु गाह्रो काम हो।’

यसबारे अझै धेरै तथ्य हासिल गर्न डा. ओसेडोर्फ र उनको टोलीले सन् २०१५ मा दक्षिणी इथियोपियाको बेल पर्वतीय क्षेत्रमा एउटा अनुसन्धान परियोजना सञ्चालन गरेको थियो। सो क्रममा उनीहरुले घोडासहित ७ सय माइल पैदल यात्रा गरेका थिए। उनीहरुले डरलाग्दा भीरहरुमा पनि केही मानवीय संकेत मिल्छ कि भनेर खोजतलास गरे।

यही क्रममा ३ सय ३१ वटा चट्टानी गुफाहरु उनीहरुले फेला पारे। त्यहाँ मानवीय जीवनशैलीसँग मेल खाने संकेतहरु थिए। बितेको शताब्दीमा पशुपंक्षी कारोबारीहरु त्यहाँ पुगेको उनीहरुको विश्वास छ। यसले उनीहरुलाई त्यस चट्टानी गुफामा प्राचीन मानवहरुको बसोबास भएको बारे यकिन गर्न गाह्रो बनायो। सोही क्रममा एउटा यस्तो चट्टानी गुफा फेला पर्‍यो जहाँ आधुनिक मानव पुगेकै थिएनन्।

वैज्ञानिकहरुको समूहले सो गुफाको भुइँ उत्खनन गर्‍यो। त्यस क्रममा चुलो, वन्यजन्तुका हड्डी र ढुंगे युगकालीन हतियार सामग्री फेला परे। यसले नै त्यहाँ प्राचीन मानव रहेको पुष्टि गर्‍यो।

फेला परेका प्रमाणहरुले अध्ययनकर्ता आश्चर्यमा परे। ती सबै फरक प्रकृतिमा बनाइएका संरचना थिए, जो मध्य ढुंगेयुग कालीन विशेषतायुक्त थिए। यो युग आजभन्दा ३ लाख वर्षदेखि २८ हजार वर्षसम्म बितेको समय हो। अध्ययनकर्ताले सोचेभन्दा यो निकै अघिको समय हो। यो विषय वैज्ञानिकहरुकै लागि अचम्मलाग्दो भएको रहेको डा.ओसेनडोर्फ बताउँछन्।

fincha2
वैज्ञानिकहरुले इथियोपियाको बेल पर्वत क्षेत्रको चट्टानबाट अनुसन्धानका लागि ढुंगाको नमुना निकाल्दै। तस्विरः एच. भेइट/न्युयोर्क टाइम्स

उक्त क्षेत्रलाई अध्ययनकर्ताले फिन्चा हाबेरा भनेका छन्। त्यहाँको कार्बन परीक्षण गर्दा ४७ हजारदेखि ३१ हजार वर्ष पुरानो भएको पुष्टि भएको छ। कार्बन प्राचीन मानवले प्रयोग गरेका चुल्होमा पाइएको अंगारबाट संकलन गरिएको हो।

सोही क्रममा अनुसन्धानकर्ताले ठूलो मुसा प्रजातिको जीवको अवशेष पनि फेला पारे। यो त्यस्तो जीव हो, जो अहिले पनि सोही बेल पर्वतमा मात्र पाइन्छ। प्राचीन मानवहरु गुफामा पसेर ती मुसाको शिकार गरेको अध्ययनकर्ताको ठम्याइ छ। ती मुसा मारेर चुलामा पोलेपछि हड्डी त्यतिकै छाडेर मासुको भागलाई आहारका रुपमा प्रयोग गरेको हुनसक्ने वैज्ञानिक अनुमान छ।

फिन्चा हाबेराबासी (प्राचीन मानव)ले हातहतियारहरु प्रयोग गर्ने गरेको समेत भेटिएको छ। त्यो उनीहरुले तल्लो भेकबाट ल्याएको नभई त्यहीँ विकास गरेका हुन्। त्यहाँ पाइएको एउटा चट्टानको वैज्ञानिक परीक्षण गर्दा १३ हजार ७ सय फिटमाथिकै भएको पुष्टि भएको छ। आइस एज (हिउँ नै हिउँले अधिकांश भूभाग ढाकेको युग) मा बेल पर्वत पनि पूरै हिउँले ढाकेको थियो। त्यहाँबाट हिमनदीहरुले खोलाको रुप लिएका थिए। त्यससँगै जंगलहरु जोडिएका थिए। त्यहाँ हरिण र मृगहरु रहेको अनि मानिसहरु ती वन्यजन्तुको शिकार गर्न पुगेको हुनसक्ने वैज्ञानिक अनुमान छ।

त्यसो भए त्यस्तो प्रतिकूल वातावरणमा कसरी बसोबास गर्न पुगे त प्राचीन मानव? यसको उत्तरमा अनुसन्धानकर्ताहरु तल्लो भेक निकै ओसिलो वा भिजेको हुनसक्ने बताउँछन्। उनीहरुले गुफा नै त्यतिबेलाको सुरक्षित थलो रहेको निष्कर्ष निकालेका छन्।

यो वैज्ञानिक टोलीले पुनः फिन्चा हाबेराको उत्खनन गर्ने योजना बनाइरहेको छ। यसपटक तत्कालीन मानव पुर्खाको हाडखोर अवशेष भेटिने उनीहरुको आशा छ। यदि त्यस्तो भेटिए मानव जातिको इतिहास खोजीमा ठूलै उपलब्धि हुनेछ। त्यस्ता हाडखोरसँग उच्च हिमाली भेगमा बसोबास गर्ने पुर्खाहरुको डीएनए मिल्ने सक्ने उनीहरुको अपेक्षा छ। यदि वैज्ञानिकहरुले परिकल्पना गरेजस्तै भएमा उच्च भेकमा बसोबास गर्नेको ‘जेनेटिक अड्याप्टेसन’बारे समेत नयाँ तथ्य खुलासा हुनेछ। (न्युयोर्क टाइम्सबाट अनुवाद)

साउन २५, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors