मधेस


काठमाडौँबाट विराटनगर जाँदै गरेको बस धनुषामा पल्टिँदा १७ यात्रु घाइते

काठमाडौँबाट विराटनगर जाँदै गरेको बस धनुषामा पल्टिँदा १७ यात्रु घाइते

सुभाष कर्ण
बैशाख २७, २०८३ आइतबार १९:३२, जनकपुरधाम

धनुषाको मिथिला नगरपालिकामा भएको यात्रुवाहक बस दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको अनुमान छ।

घाइते सबैलाई तत्काल उद्धार गरी धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुर्घटनापछि सो सडकखण्डको सवारी आवागमन केही समयका लागि प्रभावित बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad