महोत्तरीको गौशाला–फुल्काहा सडकखण्डमा बिहीबार साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका-६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो।
उनको परिचय खुल्न नसकेको उनले बताए।
साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ। रासस
120
Shares

प्रतिक्रिया