मधेस


सप्तरीमा अपहृत बालिकाको सकुशल उद्धार, एक व्यक्ति पक्राउ

सप्तरीमा अपहृत बालिकाको सकुशल उद्धार, एक व्यक्ति पक्राउ

सुभाष कर्ण
फागुन ८, २०८२ शुक्रबार २०:९, जनकपुरधाम

सप्तरी प्रहरीले अपहरित बालिकाकालाई सकुशल उद्धार गरेको छ। सो घटनामा संलग्न एक युवकलाई पक्राउ समेत गरेको छ। 

मंगलबार साँझदेखि अपहरणमा परेकी खड्क नगरपालिका–८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनलाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकालाई अपहरण गरी फिरौती माग्ने आरोपमा सोही पालिकाको वडा नम्बर ९ लालपट्टीका ३० वर्षीय इम्तियाज अहमदलाई पक्राउ गरिएको हो।

रुपनी गाउँपालिका–१ स्थित खाँडो क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक संजीब बोगटी र प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले घटनामा संलग्न अहमदलाई पक्राउ गरेको हो।

उनकै बयानको आधारमा सोही स्थानबाट बालिकाको पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए।

घरबाट हराएकी बालिकाको खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा अभियुक्त अहमदले बालिकाका बुवा इमरान खानलाई फोन गरी फिरौती रकमसहित रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा आउन भनेपछि मोबाइल ट्रेकिङको आधारमा उनलाई पक्राउ गरिएको एसपी केसीले बताए।

पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेच बिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad