मधेस


वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु

वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु

शनिबार झडपपछि वीरगन्जको अवस्था


नेपालखबर
चैत ३१, २०८१ आइतबार १२:१६, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ।

यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो। 

शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। 

तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्यु आज राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

सहमतिका लागि जिल्ला प्रशासन कार्यालयमा आज बिहान साढे ७ बजेदेखि सर्वपक्षीय बैठक जारी छ। तर यो खबर बनाउँदासम्म सहमति हुन सकेको छैन।

हनुमान जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमका क्रममा शनिबार वीरगन्जमा दुवै समूहबीच ढुंगा हानाहान भएको थियो। 

त्यस क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन्।

यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad