मधेस


वीरगन्जमा वडाध्यक्ष कुटिए, प्रहरी र अर्का वडाध्यक्षसहित ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्ष कुटिए,  प्रहरी र अर्का वडाध्यक्षसहित ७ जनाविरुद्ध जाहेरी

कुटपिटका क्रममा खिचिएको भिडिओ फुटेजको स्क्रिनसट


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १५:०, काठमाडौँ

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको छ।

प्रहरी र अर्को वडाका वडाध्यक्षसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्। 

फागुन २९ गते राति वीरगन्ज महानगरपालिका-८ स्थित डाइमन्ड पार्टी प्यालेसमा आफूलाई कुटपिट गरेको उनको दाबी छ। उनलाई कुटिरहेको भिडिओसमेत सार्वजनिक भएको छ।

पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पासवानका छोराको जन्मोत्सवमा गएका बेला आफूलाई कुटपिट गरिएको दाबी वडाध्यक्ष चतुर्वेदीको दाबी छ। 

सो घटनामा उनले कुटपिटमा ७ जनाविरुद्ध जाहेरी दिएका छन्।

वीरगन्ज-१३ का ४३ वर्षीय सागर शमशेर जबरा, वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु, वडा नं ११ का ४२ वर्षीय भूषण यादव, वडा नं १६ का भुसाल यादव चौरसिया, वडा नं ६ का ३७ वर्षीय विक्की गुप्ता, सागरको घरमा डेरा बस्ने ३५ वर्षका दीपेश क्षेत्री र वीरगन्ज महानगरपालिलका-१० का अन्दाजी ५७ वर्षका लखनलाल गुप्ताविरुद्ध जाहेरी दिएका हुन्। सुशील वडाध्यक्ष, सागर वरिष्ठ सई र दीपेश प्रहरी जवान हुन्। 

भिडिओमा हेर्नुहोस्:

जिल्ला प्रहरी कार्याालय पर्साका प्रमुख एसपी गौतम मिश्रले वडाध्यक्ष चतुर्वेदीलाई अस्पताल लगेर जाँच गरिसकेको बताए।

यस्तै शुक्रबार नै प्रहरी घटनास्थलमा गएर मुचुल्का गरिरहेको बताएका छन्। 

आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाइने पनि एसपी मिश्रले बताए।

उनीहरूले आफूलाई पहिल्यैदेखि ज्यान मार्ने उद्देश्यले जासुसी गरिरहेको आरोप चतुर्वेदीले लगाएका छन्।

हेलमेट र रडले समेत प्रहार गरेको आरोप उनको छ।

कुटपिटबाट आँखानजिक, टाउको, पिँठ्यु र घाँटीमा चोट लागेको चतुर्वेदीले जाहेरीमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad