मधेस


मधेस सरकारले जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गर्ने

मधेस सरकारले जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गर्ने

नेपालखबर
माघ ४, २०८१ शुक्रबार २१:५३, काठमाडौँ

मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिबार एक लाख दीप प्रज्वलन गर्ने भएको छ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन्।

एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताए। शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताए।

मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताए।

शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad