मधेस


एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

नेपालखबर
पुस ७, २०८१ आइतबार १२:४७, जनकपुर

जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन्।

शनिबार भएको एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो। एनपीएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो। 

जनकपुर बोल्ट्सले एनपीएलको पहिलो उपाधी जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए। उनले शनिबार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको समेत जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad