मधेस


पाँच वर्षदेखि प्रेम, बिहे गर्ने विषयमा विवाद हुँदा हत्या, ३ युवक पक्राउ

पाँच वर्षदेखि प्रेम, बिहे गर्ने विषयमा विवाद हुँदा हत्या, ३ युवक पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार २१:२६, काठमाडौँ

यही मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी युवतीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

शुक्रबार जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय  ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो।

मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी युवतीको शव प्लास्टिकको बोराभित्र फेला परेको थियो। पछि ती युवती जनकनन्दिनी गाउँपालिका-५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए।

रेखासँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए। रेखा र रामललितबीच पाँच/छ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad