मधेस


बरहथवाको किराना पसलमा आगो लाग्यो

बरहथवाको किराना पसलमा आगो लाग्यो

आगलागी बेला देखिएको धुवाँको मुस्लो


रासस
कात्तिक १७, २०८१ शनिबार १०:४५, सर्लाही

सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ।

बरहथवा नगरपालिका-७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गएराति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। 

उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको बताए। 

आगलागीबाट के कति क्षति भयो भन्ने आकलन भइरहेको बताइएको छ। किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ। 

गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको वारुणयन्त्रका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न सकेको छैन। 

यसैबीच धनकौल गाउँपालिका-४ मा लक्ष्मीपूजा गरिएको मैनबत्तीबाट आगलागी हुँदा स्थानीय जितु रायको काठले बनेको जलेर क्षति पुगेको छ। आगलागीबाट कोठाभित्र रहेको दराज, टीभी, कपडा, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad