ad ad

समाज


झापामा पूजाको प्रसाद खाएका ५० जनाभन्दा धेरै बिरामी

झापामा पूजाको प्रसाद खाएका ५०  जनाभन्दा धेरै बिरामी

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १०:१२, झापा

झापामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा धेरै बिरामी परेका छन्। 

अर्जुनधारा नगरपालिका- ९ खरबन्दीका स्थानीय बासिन्दा सत्यनारायणको पूजाको प्रसाद खाँदा बिरामी परेका हुन्। 

अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गकुमारी पराजुलीले दिएको जानकारीअनुसार धेरै बिरामीको अहिले शनिश्चरेमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ। 

बिरामीमध्ये १८ वर्षीया गोमा भुजेल, ५५ वर्षीया दुर्गा भुजेल, ४० वर्षीया तारा बस्नेत,  १५ वर्षीय रिवस बाराकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। 

त्यसैगरी ४१ वर्षीया गोमा भट्टराई र २६ वर्षीय मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको आफन्तले बताएका छन्।

‘अरु केही बिरामीको बिर्तामोड र चारआलीका अस्पतालमा पनि उपचार भएको जानाकारी आएको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘बिरामीको यकिन संख्या त संकलन भएको छैन। तर, ५० जना भन्दा धेरै नै बिरामी भएका छन्।’

गएको मंगलबार स्थानीय रीता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाएकाहरु बिरामी परेका हुन्।

पूजामा प्रसाद खानको लागि निरौला परिवारले छरछिमेकलाई निमन्त्रणा गरेका थिए। आफन्त र छिमेकी गरेर झण्डै ५५/६० जनाले पूजाको प्रसादी खाएका थिए। 

प्रसादी खाने सबै बिरामी परेका उपप्रमुख पराजुलीले बताइन्। 

‘दिउँसो प्रसादी खाएकाहरु रातिदेखि नै बिरामी पर्न थालेछन्’, उनले भनिन्, ‘हामीले हिजो नगरअस्पतालमा गएर बिरामीहरुलाई भेट्यौँ। प्रसादीमा सेल, अचार, तरकारी खाएको भन्नेछ। फूड प्वाइजन हुँदा प्रसादी खानेहरु बिरामी भएको अनुमान हामीले गरेका छौँ।’

प्रभावित क्षेत्रमा आज जनस्वास्थ्य कार्यालय झापाबाट स्वास्थ्यकर्मीको टोली जान लागेको उनले बताइन्।   

बिरामीमा वान्ता र डाइरिया हुने, ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको छ। उपचारपछि ठिक भएर घर फर्किएका कतिपय बिरामी फेरि समस्या दोहोरिएपछि अस्पताल पुगेका छन्। 

तर जिल्ला प्रहरी कार्यालय झापाले भने पूजाकाे प्रसाद खाएर काेही बिरामी परेकाे जानकारी नआएकाे जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .