मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी छन्।
कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक÷एक जना राज्यमन्त्रीमा नियुक्त भएका छन्।
कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन्।
त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन्। रासस
Shares
प्रतिक्रिया