ad ad

मधेस


मधेशका मुख्यमन्त्री भन्छन्- काम गरेर देखाउँछु, कसैको विश्वास टुट्न दिन्न

मधेशका मुख्यमन्त्री भन्छन्- काम गरेर देखाउँछु, कसैको विश्वास टुट्न दिन्न

जयन्त ठाकुर
माघ २१, २०७९ शनिबार १९:१८, जनकपुर

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कसैको विश्वास नटुट्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको एक दिन नबित्दै प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सबैको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

विश्वासको मत लिँदा प्रदेशसभाका सम्पूर्ण सदस्यले मलाई मत दिए, मुख्यमन्त्री यादवले भने, ‘जसरी प्रत्येक प्रदेशसभा सदस्यहरुले ममाथी विश्वास गरेका छन्, त्यो विश्वास कायम राख्ने छु।’

मधेश सरकारले पूर्णता पाई सकेकाले सरकारले विकासको क्षेत्रमा बुलेट टे«नभन्दा पनि बढी स्पीडमा काम गर्ने मुख्यमन्त्री यादवले दावी गरे।

मधेश प्रदेशसभाले शनिबार स्थापनाको ५ औँ वािर्षकोत्सवमा उनले प्रदेशमा भ्रष्टाचारलाई जडै देखि निर्मूल पार्ने दोह¥याए। प्रदेश सरकारको पछिल्लो कार्यकाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लागि रहँदा मुख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो प्रतिवद्धता दोहराउँदै आइरहेका छन्। 

मुख्यमन्त्री यादवले ४ वटा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश विकासको परिकल्पना गरेको बताए।

‘४ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने सोच बनाएको छु,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको क्षेत्रमा विकास गर्नु नै मेरो प्रमुख लक्ष्य रह्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .