ad ad

मधेस


मन्त्रालय भागबन्डामा लफडा, शपथ ग्रहण ढिलाइ

मन्त्रालय भागबन्डामा लफडा, शपथ ग्रहण ढिलाइ

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १६:५२, जनकपुरधाम

मधेश प्रदेशको मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको शपथ ग्रहणका लागि तयारी गरिएको छ।

४ बजेका लागि राखिएको शपथ ग्रहण समारोहस्थल भने सुनसान छ।

लामो रस्साकस्सी पछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डललाइ पूर्णता दिने तयारी गरेका छ्न्। एमाले, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची समेत तयारी पारिसकेका छ्न्। 

यद्यपि मन्त्रालयको भागबन्डामा दलहरुबीच अझै सहमति भने हुन सकेको छैन। कतिपय दलहरु भित्रै मन्त्रालय भागबन्डाको विषयमा आन्तरिक विवाद रहेको छ। 

शपथ ग्रहणका लागि ४ बजेकै समय दिइए पनि मन्त्रालय भागबन्डा नमिल्दा शपथ ग्रहण समारोह ५ बज्नै लाग्दा समेत शुरु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .