लामो रस्साकस्सी पछि मधेश सरकार आज विस्तार हुने भएको छ।
सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र माओवादी केन्द्रलाई समेटेर मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
बाँकी रहेको ७ वटा मन्त्रालयको भागबन्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन्।
जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रिमण्डलमा सामेल गर्न लागिएको श्रोतको दाबी छ।
त्यस्तै, एमालेबाट राजकुमार लेखी र शारदा थापा, जनमतबाट महेश यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा पर्न सक्ने सम्भावना छ।
गत पुस २९ गते ३ बिनाविभागीय मन्त्रीसहित मन्त्रिमण्डल गठन गरेका मुख्यमन्त्री यादव ३ सातापछि मन्त्रीमण्डललाई पूर्णता दिने तयारी छन्। मन्त्रीहरुले आजै शपथ समेत लिन सक्ने सम्भावना रहेको मन्त्रिपरिषद स्रोतले जनाएको छ।
Shares
प्रतिक्रिया