ad ad

मधेस


सासापुर स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा सञ्चालन

सासापुर स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा सञ्चालन

नेपालखबर
माघ ११, २०७९ बुधबार ६:४६, सर्लाही

सर्लाहीको हरिवन ४ स्थित सासापुर स्वास्थ्यचौकीमा भिडिओ एक्सरे सेवा सञ्चालनमा आएको छ। 

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले मंगलबार एक समारोहका बीच भिडिओ एक्सरे सेवाको उद्घाटन गरेका छन्। 

मेयर बुढाथोकीको पहलमा यसअघि नै स्वास्थ्यचौकीमा ल्याब, एम्बुलेन्स, डिजिटल एक्सरे लगायतका सेवा सञ्चालनमा आइसकेका छन्।

नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा गर्भवती महिलालाई लक्ष्य गरेर भिडिओ एक्सरे सेवा सुरु गरेको हो। नगरपालिका आफैँले सात लाख रुपैयाँ खर्च गरेर भिडिडो एक्सरे मेसिन खरिद गरेर ल्याएको मेयर बुढाथोकीले जानकारी दिए।

विपन्न वर्गका गर्भवतीलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीमा भिडिओ एक्सरे सेवा सञ्चालन गरिएको उनले बताए।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले स्वास्थ्यचौकीलाई सुविधायुक्त बनाउन नगरपालिकाले विशेष मेहनत गरिरहेको बताइन्। 

सासापुर स्वास्थ्यचौकीका प्रमुख मोहन घिसिङले केही दिनअघिबाटै स्वास्थ्यचौकीमा भिडिओ एक्सरे सेवा सुरु भए पनि मंगलबार त्यसको औपचारिक उद्घाटन गरिएको जानकारी दिए। 

उनले भिडिओ एक्सरे सेवा सञ्चालनमा आएकाले अब स्वास्थ्यचौकीमा सुत्केरी हुन आउने महिलाको संख्या अझ बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .