मधेस


बर्दिबास अस्पतालमा थप १० वटा स्वास्थ्य सेवा विस्तार

बर्दिबास अस्पतालमा थप १० वटा स्वास्थ्य सेवा विस्तार

नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:५७, सर्लाही

महोत्तरीको बर्दिबास अस्पतालले थप १० वटा स्वास्थ्य उपचार सेवा विस्तार गरेको छ। ०६४ सालमा स्थापना भएको १५ शैय्या क्षमताको बर्दिबास अस्पतालमा थप भएका १० वटा सेवाको बुधबार उद्घाटन गरिएको छ। 

बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले एक समारोहकाबीच अस्पतालमा थप गरिएका सेवाको उद्घाटन गरेका हुन्।

बर्दिबास अस्पतालमा जेष्ठ नागरिक सेवा, दन्त उपचार सेवा, सामाजिक सुरक्षा सेवा, साधारण भर्ना कक्ष, औषधि बिक्री कक्ष, पोस्टमार्टम सेवा, नवजात शिशु सेवा केन्द्र, एकद्वार संकट व्यवस्थापन केन्द्र, शल्यक्रिया सेवा र हाड जोर्नी तथा नशा रोग सेवा थप भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा महर्जनले जानकारी दिइन्। 

१५ शैय्या क्षमताको बर्दिबास अस्पतालमा हाल चिकित्सक, स्वाथ्यकर्मी र परिचारिकासहित ८३ जना कार्यरत छन्।

अस्पतालले यसअघि नभएका जनरल ओपीडी सेवा, इमर्जेन्सी सेवा, प्रसूति तथा महिला रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा जस्ता महत्वपूर्ण सेवा विस्तार गरेपछि स्थानीय खुसी भएका छन्। 

बर्दिबास अस्पतालमा शल्यक्रिया सेवा, नवजात शिशु स्याहार सेवा, दाँत, मुख तथा गिजा रोग सेवा, ल्याब सेवा जस्ता महत्वपूर्ण स्वास्थ्य उपचार सेवा सञ्चालनमा छन्।

त्यसैगरी अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर–किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषणा सेवा, होल बडी चेकअप सेवा जस्ता स्वास्थ्य सेवा पनि सञ्चालन गर्दै आएको छ।

बर्दिबासमा १५ शैय्या क्षमताको अस्पताल सञ्चालनको लागि नेतृत्व गरेका पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले बर्दिबास अस्पताले सेवा थप गरेकोमा खुसी व्यक्त गरेका छन्। 

अस्पताललाई पत्र पठाउँदै उनले बर्दिबास अस्पताललाई थप स्तरोन्नती गर्दै ५० शैय्या क्षमताको बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad