मधेस


मधेश प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष पेश, सरकार गठनको बाटो खुल्यो

मधेश प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष पेश, सरकार गठनको बाटो खुल्यो

नेपालखबर
पुस २, २०७९ शनिबार १५:१६, काठमाडौँ

निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ । 

मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो। 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरेका हुन्।

मधेस प्रदेशसभातर्फ प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १०७ जना निर्वाचित भएका छन्।

आयोगले प्रतिवेदन बुझाएपछि यस प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .