मधेस


बिना निम्तो हजारौं श्रद्धालु आउने ‘विवाह पञ्चमी महोत्सव’

बिना निम्तो हजारौं श्रद्धालु आउने ‘विवाह पञ्चमी महोत्सव’

तस्बिर : जयन्त ठाकुर/नेपालखबर


जयन्त ठाकुर
मंसिर १२ , जनकपुरधाम

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २÷३ वर्षदेखि कोरोनाको  संक्रमणको भयका कारण विवाहपञ्चमी महोत्सवमा त्यस्तो उत्साह देखिएको थिएन। यस वर्ष पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले विवाहपञ्चमी महोत्सव ओझेल परेको छ।

आज हुने रामजानकीको विवाहका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ। जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुहरुको सहभागिता हुने गर्छ । त्रेता युगको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेका छन्।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुने गर्छ। वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै राम जानकी विवाहका लागि समेत मण्डप सजाइन्छ।

जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिंगारिएको हुन्छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको प्रतिक्रिया दिए। महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन्।

यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन्। उनी भन्छन्, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वभाविक नै हो,’

त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका  शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा  साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ। जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ। त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ। यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ।

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पूरुष संगै आफ्नो छोरीको बिहे गरि दिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ। त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको जन विश्वास छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ।

महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारोको श्रद्धालुका बिच तिलकोत्सव विधि सम्पन्न हुन्छ। तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ। जहाँ जानकी मन्दिरका महन्थ र राम मन्दिरका महन्थबिच अंकमाल (समधि मिलन) हुन्छ। तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हास्यपरिहासको माहौल समेत हुन्छ सहायक पूजारी ऋषिकेश झा बताउँछन्।

जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुवै पक्षबाट गाली सहित हस्सी ठट्टा गरिन्छ। राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी हुन्छन्।

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरुले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहकालागि वेदी तयार गरिन्छ।

छैठौ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ भने आजै राती वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ। स्वयम्बर पछि दूवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ। रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरु विवाहका गीतहरु गाउने गर्छन्।

विवाहपञ्चमीको सातौ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरुलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ। राम कलेवामा बेहुला पक्षबाट आएकाहरुलाई गाली गलौज गर्ने समेत परम्परा रहेको छ। मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरु गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ।

विवाहपञ्चमीले धानेको जननपुरधामको पर्यटन 
जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने कुरो संघ, प्रदेश र स्थानीय तीनवटै सरकारका प्रतिनिधिहरू पटक पटक वक्तव्य दिने गर्छन्। तर अहिलेसम्म त्यसका लागि आधार तयार पारेको देखिदैन्। जबकि बिना कुनै आमन्त्रण कार्ड, बिना कुनै बुलावा प्रत्येक वर्ष सहभागी हुने लाखौ पाहुनालाई मात्रै विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित गर्न सकियो भने जनकपुरधामको पर्यटनमा ठूलो टेवा पुग्न सक्छ।

अर्थशास्त्री एवं योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ भन्छन् ‘विवाहपञ्चमीलाई व्यवस्थित मात्रै गरियो भने जनकपुरधाम घुम्न आउने पर्यटकहरुलाई राम्ररी स्वागत गर्ने माहौल बनाउन सकियो भने मात्रै पर्यटन क्षेत्रमा नभई जनकपुरधामले आर्थिक रुपमा समेत कायापलट गर्न सक्छ,’

विवाहपञ्चमीमा एक दिन सहभागी हुनका लागि लाखौ पर्यटक यहाँ पुग्छन् तर ती पर्यटकहरु यहाँको पसल होटेल खासै सामान किन्दैनन्, खाना समेत आफै पकाएर खान्छन् यही व्यवस्थापन गर्न सकियो भने आर्थिक रुपमा समेत केही फाइदा उठाउन सकिने अर्थशास्त्री लाभको भनाई छ।

मंसिर १२, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.