पर्सामा एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।
कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए।
उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन्।
अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन्।
129
Shares
प्रतिक्रिया