मधेस


जनकपुरधामको बजेट एक अर्ब ८० करोड

जनकपुरधामको बजेट एक अर्ब ८० करोड

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:६, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ। 

मेयर मनोज साहले शुक्रबार नगरसभामा बजेट सार्वजनिक गरेका हुन्।

विनियोजित खर्चमध्ये चालु खर्च रु. १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ। 

जसमा आर्थिक विकास तर्फ ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको मेयर साहले बताए।

बजेटमा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा नगर क्षेत्रको सुन्दरता प्रवर्द्धन, शिक्षा युवा तथा खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, पूर्वाधार तथा शहरी सौन्दर्य, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन लगायतलाई समेटेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .