रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ। चैत ५ गते हुने भनिएको निर्वाचन स्थगन भएपछि आज हुन लागेको हो। अहिले बिहान ८ बजे मतदान सुरु भएर अपराह्न ४ बजेसम्म जारी रहने छ।
स्ववियु सभापतिका लागि ८ जना प्रतिस्पर्धामा छन्।
यहाँ माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच तालमेल भएको छ। त्यस्तै नेपाल विद्यार्थी संघ र लोसपा निकट लोकतान्त्रीक विद्यार्थी संघ पनि मिलेर चुनाव लडेका छन्। जनमत विद्यार्थी संघ, जसपानिकट समाजवादी विद्यार्थी संघ र स्वतन्त्र मधेसी विद्यार्थी युनियनको पनि संयुक्त प्यानल बनेको छ।
एमालेनिकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियु र विप्लवनिकट अखिल क्रान्तिकारी भने एक्लाएक्लै चुनावी मैदानमा छन्। त्यस्तै सभापतिमा २ वटा स्वतन्त्र उम्मेदवारी परेको छ।
भैरहवा बहुमुखी क्याम्पसमा ३ हजार २ सय २९ जना विद्यार्थी मतदाता छन्।
प्रतिक्रिया