ad ad

लुम्बिनी


सर्वेन्द्रनाथ शुक्ला : जो तीन पटक फरक दलबाट संसदमा पुगे

सर्वेन्द्रनाथ शुक्ला : जो तीन पटक फरक दलबाट संसदमा पुगे

सुदीप भण्डारी
मंसिर ७, २०७९ बुधबार २०:२०, बुटवल

रूपन्देहीको दक्षिण भेग मर्चवार क्षेत्र विगतमा ५ नम्बर, संविधान सभाको चुनावको बेला ६ नम्बर र २०७४ यता ४ नम्बर क्षेत्रको रुपमा रहेको छ। यो क्षेत्रमा कुनै पनि दल र उम्मेदवार ले लगातार संसदीय चुनाव जितेको रेकर्ड छैन। लगातार नभइ अन्तर पारेर नेपाल सद्भावना पार्टीले दुई पटक चुनाव जितेको छ। राप्रपा, मधेशी जनअधिकार फोरम, तमलोपा र नेपाली कांग्रेसबाट एक एक पटक सांसद जितेका छन्।

२०४८ सालदेखि लगातार उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्ला ३ पटक विजयी त बने तर लगातार नभइ अन्तर पारेर जित निकाल्ने गरेका छन्। शुक्ला बाहेक अरु सांसद भने यहाँबाट अन्तर पारेर पनि दोहोरिन सकेका छैनन्। 

इन्जिनियरिङ पढाइ सकेर सरकारी जागिर समेत खाएका सर्वेन्द्रनाथ शुक्ला २०३४ सालमा जागिरबाट राजिनामा गरे। जागिर छोडेपछि निजी क्षेत्रमा काम गरे।

प्रजातन्त्र पुनःस्थापनापछि शुक्ला राजनीतिमा क्रियाशिल भए। २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बनेका उनी २०४८ को संसदीय चुनावमा मर्चवार क्षेत्र अर्थात् तत्कालिन रुपन्देही ५ बाट चुनाव लड्न खोजे तर टिकट पाएनन्। 

पार्टी परिवर्तन गरी राप्रपाबाट उम्मेदवरा बनेका थिए। तर नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्तासँग पराजित भए। संसदमा पुग्न नसकेपनि २०४९ को स्थानीय चुनावपछि जिविस उपसभापति बने।

२०५१ सालको चुनावमा शुक्ला फेरि राप्रपाबाट उमेदवार बने। यो पटक भने उनी संसदमा प्रवेश पाएर पटक पटक मन्त्री समेत भए।

२०५६ सालको चुनावमा तेस्रोपटक राप्रपाबाट उम्मेदवार बने तर सद्भावना पार्टीका यज्ञजित शाहसँग पराजित भए। के आइ सिंहका छोरा शाह त्यसबेला कांग्रेसबाट टिकट नपाएर सद्भावना पार्टीबाट उम्मेदवार बनेका थिए।

२०६० सालमा राजाको पालामा सुर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि शुक्ला मन्त्री बने।

सवेन्द्रनाथ शुक्ला

२०६३ सालमा लोकतन्त्र आएपछि उनले राप्रपा छोडेर महन्त ठाकुरले गठन गरेको तराई मधेश लोकतान्त्री पार्टीमा आवद्ध भए। सोही दलबाट २०६४ सालको संविधान सभाको चुनावमा उम्मेदवार बने। तर मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादवसँग पराजित भए। सांसदमा पराजित बने पनि सोही कार्यकालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाएका थिए।

२०७० सालको संविधान सभाको चुनावमा तमलोपाबाटै विजयी भए।

२०७३ सालमा तमलोपा, सद्भावना पार्टी सहित विभिन्न मधेशबादी दल मिलेर राष्ट्रिय जनतापार्टी गठन भएको थियो। २०७४ सालको चुनावमा शुक्ला राजपाबाटै उम्मेदवार बने। तर कांग्रेसका प्रमोद यादवसँग ११ हजारको फराकिलो अन्तरले पराजित भएका थिए ।

अहिले पनि शुक्ला महन्त ठाकुर नेतृत्वकै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। मर्चवार क्षेत्रमा लगातार ७ वटा चुनावमा उम्मेदवार बनेपनि शुक्लाले बल्ल तेस्रो जित निकाल्न सफल भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .