लुम्बिनी


रास्वपा लुम्बिनी सभापति चुन्न गर्न परेन दोस्रोपटक मतदान, सालिकराम विजयी

रास्वपा लुम्बिनी सभापति चुन्न गर्न परेन दोस्रोपटक मतदान, सालिकराम विजयी

सालिकराम घिमिरे


नेपालखबर
जेठ ३१, २०८३ आइतबार ९:५९, बुटवल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा सालिकराम घिमिरे विजयी भएका छन्।

सभापतिका लागि भएको चुनावमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान गर्नुपर्ने अवस्था आएको थियो। 

तर धेरै मत पाउनेमध्ये दोस्रा उम्मेदवार गोपाल घिमिरेले समर्थन गरेपछि सालिकराम रास्वपाको लुम्बिन प्रदेश सभापति पदमा विजयी भएका हुन्।

दाङको घोराहीको सभागृहमा भएको निर्वाचनमा कुल ५४२ मत खसेको खसेको थियो।

त्यसमध्ये सालिकरामका पक्षमा १९९ मत आएको थियो भने गोपाल घिमिरेले ८७ मत ल्याएका थिए।

दुई जनाबिच ११२ मतको फरक थियो। 

सालिकराम रास्वपा स्थापनाकालदेखि प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति भएका थिए भने गोपाल गत फागुन २१ को चुनावमा रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी थिए।

सभापति पदमा सालिकराम घिमिरे, केन्द्रीय संगठन विभागका सदस्यहरू गोपाल घिमिरे, मधुप्रसाद अर्याल र गणेश पौडेल तथा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल र बाँकेका डा.राजकुमार सुवेदीले प्रतिस्पर्धा गरेका थिए।

जसमा पौडेलले ८४, डा सुबेदीले ८०, भुसालले ७१ र अर्यालले १९ मत मात्रै पाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad