दाङ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल सुवेदी विजयी भएका छन्।
नेपाली कांग्रेसका उमेदवार दीपक गिरीलाई २७ हजार ७९५ मतले हराउँदै सुवेदी विजयी भएका हुन्।
विजयी भएका सुवेदीले ४४ हजार २४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेस गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ३ मा नेकपा एमालेका उमेदवार घनश्याम पाण्डेले १२ हजार १९५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका उमेदवार धनबहादुर मास्कीले नौ हजार ३२८ मत ल्याएका छन्।
८८ हजार २७३ मत खसेको थियो।
54
Shares

प्रतिक्रिया