लुम्बिनी


उम्मेदवारी दर्ता गराउन रोल्पा पुगे वर्षमान

उम्मेदवारी दर्ता गराउन रोल्पा पुगे वर्षमान

नेपालखबर
माघ ६, २०८२ मंगलबार १२:१८, रोल्पा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला रोल्पा पुगेका छन्। 

पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती र नेता झक्कु सुवेदीसहित गृहजिल्ला प्रवेश गरेका पुनलाई सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरमा पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन्।
 
पूर्वअर्थमन्त्री पुन तेस्रोपटक रोल्पाबाट उम्मेदवार बन्दैछन्। यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad