लुम्बिनी


लुम्बिनीका तीन जिल्लाको अधिवेशन उद्घाटन गर्न उपेन्द्र यादव नेपालगञ्जमा

लुम्बिनीका तीन जिल्लाको अधिवेशन उद्घाटन गर्न उपेन्द्र यादव नेपालगञ्जमा

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:२३, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन आज नेपालगञ्ज पुगेको छ।

पश्चिम नेपालमा जसपा नेपालको प्रभाव क्षेत्र मानिएको बाँके जिल्लाको अधिवेशन सम्पन्न गराउन नेताहरु नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ। 

अध्यक्ष यादवसँगै जसपा नेपालका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सिपी सिंह लगायतका नेताहरू पनि साथमै छन्।

अध्यक्ष यादवले बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ।

 
यसैगरी, बर्दियाको प्रथम जिल्ला अधिवेशन भोलि गुलरियामा हुँदैछ। भोलि नै कपिलबस्तुको पनि जिल्ला अधिवेशन गर्ने तय भएको छ। 

यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad