भारतीय राज्य आसाम बाढीले तहसनहस भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आसाममा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप ६ जनाको मृत्यु भएको छ। योसमेत पछिल्ला ५ दिनमा राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले राज्यका २१ जिल्लाका १ हजार ५ सय ६ गाउँमा बाढीको पानी पसेको बताएको छ।
मंगलबार साँझ बाढीको अवस्थाबारे विपद् विभागले जारी गरेको प्रतिवेदनअनुसार बाढी-पहिरोबाट ६ लाख ३३ हजारभन्दा बढी मानिस पीडित भइसकेका छन्।
यसैबीच बाढीमा सबैथोक गुमाएका करिब ४० हजार विस्थापितलाई राज्यका विभिन्न भागमा खोलिएका ५ सय ११ राहत शिविरमा राखिएको छ।
श्रीभूमि जिल्ला (पहिले करिमगन्ज) मा मात्र ९४ हजारभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन्।
63
Shares

प्रतिक्रिया