लुम्बिनी


मर्चवारी गाउँपालिकामा पशु खोपमा भ्रष्टाचार, शाखा प्रमुख भुसालविरुद्ध घुस मुद्दा

मर्चवारी गाउँपालिकामा पशु खोपमा भ्रष्टाचार, शाखा प्रमुख भुसालविरुद्ध घुस मुद्दा

नेपालखबर
चैत १७, २०८१ आइतबार १५:३९, काठमाडौँ

रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भुसालसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अभियोगपत्र अनुसार, मर्चवारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को योजनाबमोजिम सञ्चालित पशुपंक्षीलाई खोप तथा औषधी वितरण कार्यक्रममा उनले ठेकेदार संस्थासँग घुस लिएको पाइएको छ। 

भुसालले उक्त कार्यक्रममा सप्लायर्सको रूपमा कार्यादेश पाएको बुद्ध भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालबाट पशु सेवासम्बन्धी कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरेवापत बैंक खाताबाटै ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालले घुस दिएको पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा चलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad