लुम्बिनी


सिद्धबाबा सुरुङमार्ग १०८१ मिटर खनियो,  ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी

सिद्धबाबा सुरुङमार्ग १०८१ मिटर खनियो,  ‘ब्रेक थ्रु’ गर्न ८ मिटर मात्रै बाँकी

नेपालखबर
पुस २४, २०८१ बुधबार १४:६, काठमाडौँ

सिद्धबाबा सुरुङमार्ग छिचोलिन ८ मिटर मात्रै बाँकी रहेको छ। पुस २३ गतेसम्म एक हजार ८९ मिटर लामो सुरुङमार्गको १ हजार ८१ मिटर खनिसकेको हो। 

सिद्धबाबा सुरुङमार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ। सुरुङमार्गमा २ वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन्।  

सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुने चरणमा पुगेपनि कंक्रिट लाइनिङ, उत्तर र दक्षिण तर्फ स्लोप निर्माणको काम धेरै नै बाँकी छ। आयोजनाका अनुसार कुल भौतिक प्रगति ३८.८५ प्रतिशत हुँदा वित्तिय तर्फ ३९.९० प्रतिशत भएको छ। 

सिद्धबाबा सुरुङमार्गका योजना प्रमुख कृष्णराज अधिकारीले अबको केही दिनभित्रै औपचारिक कार्यक्रमगरी ‘ब्रेक थ्रु’ गर्ने बताए।

‘हामीले नियमित काम गर्दा २ दिन भित्रै गर्न सक्छौं,’  योजना प्रमुख अधिकारीले भने, ‘भौतिक पूर्वधार मन्त्रालयसंग समन्वय भैरहेको छ। केही दिनभित्रै एक कार्यक्रमगरी ब्रेक थ्रु गछौं।’

सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपनि गाडी सञ्चालन हुनकोलागि अझै १ वर्ष लाग्ने छ।  

‘अहिले अस्थाई सपोट दिएर सुरुङमार्गको काम भैरहेको छ। लाइनिङको काम बाँकी नै छ,’ उनले भने, ‘सुरुङभित्र गाडी गुड्ने सडकको ढलान, विद्युतीकरण, भेन्टिलेसनको काम बाँकी नै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad