ग्लोबल


भारतमा एचएमपीभी भाइरसको नवौँ ‘केस’, मुम्बईमा ६ महिनाकी बालिकामा संक्रमण

भारतमा एचएमपीभी भाइरसको नवौँ ‘केस’, मुम्बईमा ६ महिनाकी बालिकामा संक्रमण

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २४, २०८१ बुधबार १४:१२, काठमाडौँ

महाराष्ट्रमा बुधबार कोरोनाजस्तो भाइरस एचएमपीभीको तेस्रो संक्रमण फेला परेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा ६ महिनाकी बालिकामा उक्त भाइरसको संक्रमण देखिएको हो। 

ती बालिकालाई जनवरी १ मा गम्भीर खोकी, छाती दुख्ने र अक्सिजनको मात्रा ८४ प्रतिशतमा झरेको देखेर अस्पताल भर्ना गरिएको थियो। यद्यपि अहिले उनी निको भइसकेकी छन्। 

मुम्बईमा यो भाइरसको पहिलो केस हो।

यसअघि मंगलबार महाराष्ट्रका नागपुरमा २  घटना रिपोर्ट गरिएको थियो। यहाँ एक १३ वर्षीया बालिका र ७ वर्षका बालक संक्रमित भेटिए पनि अस्पताल भर्ना गर्नुपरेको छैन। उपचारपछि उनीहरूको अवस्था नियन्त्रणमा छ।

भारतमा एचएमपीभीको संक्रमितको संख्या ९ पुगेको छ।

महाराष्ट्रमा दुईवटा केस फेला परेको एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२, पश्चिम बंगाल र गुजरातमा एक-एक केससहित कूल ६ जनामा ​​भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये अधिकांश बालबालिका छन्।

केन्द्र सरकारले राज्यहरूलाई 'इन्फ्लुएन्जाजस्तो रोग' र 'गम्भीर तीव्र श्वसन समस्या'जस्ता श्वासप्रश्वाससम्बन्धी रोगप्रति निगरानी बढाउन र एचएमपीभीबारे सचेतना फैलाउन निर्देशन दिएको छ।

चार राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो कुनै नयाँ भाइरस नभएको र सरकारले स्थितिमा नजर राखेको बताएका थिए। डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad