लुम्बिनी


बुटवलमा बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

बुटवलमा बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १०:१, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो। 

दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिपका चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए। जिपका चालक पनि बुटवल-१२, नयाँ गाउँमै बस्थे। 

‘उपचारका लागि बिरामी लिएर आउँदै गरेको बोलेरो जिप तिनाउ पुल पार गर्नेबित्तिकै पल्टिएको रहेछ’, उनले भने, ‘दुर्घटनालगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरे।’ 

प्रहरीका अनुसार दम राेगी गौरी खनाललाई उपचारका लागि घरबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad