कला


रिहा भएपछि अल्लु अर्जुनले भने- मायाका लागि धन्यवाद!

रिहा भएपछि अल्लु अर्जुनले भने- मायाका लागि धन्यवाद!

फाइल तस्बिर: अल्लु अर्जुन


नेपालखबर
मंसिर २९, २०८१ शनिबार १०:४५, काठमाडौँ

भारतको चञ्चालगुडा केन्द्रीय कारागारबाट शनिबार बिहान रिहा भएपछि अभिनेता अल्लु अर्जुनले सबैलाई धन्यवाद दिएका छन्। 

उनको चलचित्र ‘पुष्पा-२ : द रुल’ हैदराबादमा प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो। 

त्यसपछि हैदराबाद अदालत पेस गरिएका उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भए पनि उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेका थिए। 

उच्च अदालतले शुक्रबार साँझ नै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन्। 

हिरासतबाट रिहा भएपछि उनले भने, ‘म सबैलाई धन्यवाद दिन्छु।’

अभिनेता अल्लुले आफूलाई कानुनमा पूर्ण विश्वास रहेको बताए।

उनले अगाडि थपे, ‘तपाईंको प्रार्थना र मायाका लागि धन्यवाद।’

तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत (धरौटीमा रिहाको आदेश) दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad