लुम्बिनी


पुथाउत्तरगंगामा माओवादीविरुद्ध सत्तारुढ २ दलको तालमेल, कांग्रेसको चिह्नमा एमाले उम्मेदवार

पुथाउत्तरगंगामा माओवादीविरुद्ध सत्तारुढ २ दलको तालमेल, कांग्रेसको चिह्नमा एमाले उम्मेदवार

नेपालखबर
मंसिर २, २०८१ आइतबार १८:३५, काठमाडौँ

चुनावी गठबन्धन नगर्ने निर्णय पार्टीबाट गराएका सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भने तालमेल गरेका छन्। 

गाउँपालिका उपाध्यक्षका लागि उनीहरू माओवादीविरुद्ध साझा उम्मेदवार उठाएका हुन्। उम्मेदवारी दर्ताअघि दुई दलले लिखित सहमति गरेका थिए, जसमा उपाध्यक्ष कांग्रेसको चुनाव चिह्नमा एमाले उम्मेदवार उठाउने उल्लेख छ।  

उक्त सहमति अनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छिन्। त्यस्तै वडा नं. २ मा भने एमालेकै चुनावमा एमालेका जिल्ला सदस्य जीवन रोकाले उम्मेदवारी दिएका छन्। 

पुथाउत्तरगंगा माओवादी बलियो स्थितिमा छ। त्यहाँ माओवादीले ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ।

२०७९ को चुनावमा माओवादी केन्द्रकी भूपेन्द्र बुढाले दुवै दलका उम्मेदवार भन्दा बढी मत ल्याएर बिजयी भएकी थिइन्। उनले ४ हजार ५९ मत ल्याउँदा कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए। 

माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बुढाको गत असोजमा बागलुङमा भएको सवारी दुर्घटनामापरी मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad