लुम्बिनी


दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ यात्रुको अवस्था गम्भीर

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ यात्रुको अवस्था गम्भीर

दाङमा दुर्घटनामा परेको जिप


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ९:४, दाङ

सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप दाङको तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। जिपमा पाँच जना थिए। अन्य तीन जना  गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad