लुम्बिनी


वार्षिक ७ टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

वार्षिक ७ टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ११:४७, घोराही (दाङ)

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। ‘लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो। 

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुनेगरेको छ। 

वार्षिक १६ लाख रुपैयाँको कारोबार गरिरहेका  पौरखी घर्तीले ७ लाख रुपैयाँ बचत हुने बताइ। एक किलो मह ५ सय रुपैयाँमा बिक्री गर्दै आएको उनले सुनाए।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन्। मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ। 

बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन्। यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको उनको भनाइ छ। चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad