ad ad

लुम्बिनी


दाङमा बाढीले अटो रिक्सा बगाउँदा २ जना बेपत्ता, चालकको उद्धार

दाङमा बाढीले अटो रिक्सा बगाउँदा २ जना बेपत्ता, चालकको उद्धार

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १९, २०८१ शनिबार ८:३२, तुलसीपुर (दाङ)

दाङको घोराही-तुलसीपुर सडकअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति मान्छे सवार दुईवटा अटो रिक्सा बगाएको छ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटो रिक्सालाई  तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

चालकको उद्धार
यसैबीच दाङको घोराही–तुलसीपुर सडकअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति बगाएको रा१स २३५७ नम्बरको अटोरिक्साका चालकको उद्धार गरिएको छ।

गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको  रिक्सासँगै बाढीमा बगेका चालक तुलसीपुर–७ प्रसेनी घर भएका २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि बगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .