लुम्बिनी


लुम्बिनी प्रदेश सत्ता गठबन्धनमा खटपट, सरकारबाट बाहिरियो जसपा

लुम्बिनी प्रदेश सत्ता गठबन्धनमा खटपट, सरकारबाट बाहिरियो जसपा

भण्डारीलाल अहिर


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १३:२९, काठमाडौँ

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनभित्र विवाद चर्किएको छ।

सहमतिअनुसार दुई मन्त्रालय नपाएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। 

माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा यही वैशाख ६ गते कृषिमन्त्री बनेका जसपाका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्। 

मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति गरेका थिए। तर अहिले एउटा (कृषि) मन्त्रालय मात्र दिएपछि जसपा सरकारबाट बाहिरिएको हो। 

अहिरले शनिबार मुख्यमन्त्री महरालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री जोखबहादुर महराले हाम्रो पार्टीसँग मिति २०८० चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेकोले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य तथा कृषि तथा भूमि व्यवस्था मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

तीन सांसद भएको जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन।

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा जसपा नहुँदा सत्ता गठबन्धनको बहुमत पुग्दैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .