बाँकेको नेपालगन्जस्थित कारागारमा एक कैदी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। उनले आत्महत्या गरेको आंशका गरिएको छ। गुप्ता तीन वर्षदेखि कैद सजाय भोगिरहेका थिए।
घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालिएको प्रजिअ आर्चायले बताए। रासस
57
Shares
प्रतिक्रिया