ad ad

लुम्बिनी


लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस नेता चौधरीको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस नेता चौधरीको दाबी पेश

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १३:४६, बुटवल

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदका लागि प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन्।

नेकपा एमाले दलका नेता लीला गिरी नेतृत्वको सरकार ढलेसँगै कांग्रेस-माओवादी गठबन्धनको तर्फबाट चौधरीले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

कांग्रेस संसदीय दलका नेता चौधरीले ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन्।

माओवादी केन्द्र, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले चौधरीलाई समर्थन गरेका छन्। चौधरीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।

गिरी नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आह्वान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .