ad ad

लुम्बिनी


गुल्मीमा डढेलो निभाउने क्रममा बालकको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ रिफर

गुल्मीमा डढेलो निभाउने क्रममा बालकको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ रिफर

प्रतिकात्मक तस्बिर


सुदीप भण्डारी
बैशाख ८, २०८० शुक्रबार ९:१३, बुटवल

जंगलमा लागेको डढेलो निभाउने क्रममा गुल्मीमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ को हाडहाडे बर्दबास जंगलमा डढेलो निभाउन गएका सोही वडाका १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो। सोही वडाकै ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन्। 

आगो निभाउने क्रममा गएराति १० बजेर २० मिनेटमा उनीहरु जलेका हुन्।

दीपकको आज बिहान सवा ५ बजे उपचारका क्रममा तान्सेनको मिसन अस्पतालमा मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

घाइते कुवँर शरीरको पूरै भाग जलेको र अवस्था गम्भीर रहेको उनले बताए।

घाइते कुवँरलाई पाल्पाबाट बुटवल रिफर गरेको थियो । बुटवलबाट पनि काठमाडौं रिफर गरको छ। 

धुर्कोटको १, २ र ३ नम्बर वडामा डढेलो फैलिएको छ। ३ मा गाउँ नै जोखिममा परेपछि डढेलो निभाउन स्थानिय लागेको वडाध्यक्ष पदम विष्टले बताए। डढेलो बस्तीतिर आउन नदिन सुकेका पतिंगर सोहोरेर अग्नि रेखा बनाउँदै थिए। त्यस क्रममा हावाहुरीले आगो फैलिएर  दीपक र धनबहादुरलाई भेटाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .