दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने ४० वर्षीय मान बहादुर वलीको आइतबार राति मृत्यु भएको हो।
आफ्नै घरमा रहेको फर्ममा बल्ब फेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरुमा अस्पताल लमहीमा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया