रुपन्देहीमा सवारी साधन ‘छोटा हात्ती’ चोरी गर्ने २ जना पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका ८ का २३ वर्षीय रिवेश गुरुङ र वडा नम्बर ३ का २४ वर्षीय विवेक परियार पक्राउ परेका हुन्।
यही चैत १ गते उनीहरुले सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलस्थित भित्री सडक छेउमा रोकिराखेको लु१च ७८२२ नम्बरको ‘छोटाहात्ती’ चोरी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
खोज तलासका क्रममा गयराति २ बजे सिद्धार्थनगर ९ नालन्दा स्कुल पछाडि खाली खेतमा रोकिराखेको अवस्थामा सो गाडी फेला पारिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
गाडीभित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा गुरुङ र परियारलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान अघि बढाइएको उनले बताए।
चैत ३, २०७९, शुक्रबार
प्रतिक्रिया