लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा नीमा गिरी चयन भएकी छन्।
कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतकमा नियुक्ति गरेका हुन्।
प्युठानकी गिरी समानुपातिक सांसद हुन्। उनी कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्रीसमेत हुन्।
यसअघि कांग्रेसको प्रमुख सचेतकमा जन्मजयन तिमिल्सिना चयन भइसकेका छन्।
लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७ जना सांसद छन्।
फागुन ३०, २०७९, मंगलबार
प्रतिक्रिया