ad ad

लुम्बिनी


बुटवलमा बसको ठक्करबाट सञ्चारकर्मी हितंगाको मृत्यु

बुटवलमा बसको ठक्करबाट सञ्चारकर्मी हितंगाको मृत्यु

फाइल तस्बिर : सञ्चारकर्मी मनोज हितंगा


नेपालखबर
फागुन १४, २०७९ आइतबार १०:४८, बुटवल

बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा सञ्चारकर्मी मनोज हितंगाको मृत्यु भएको छ।  गएराति ११ बजे बुटवलको मिलनचोकमा बसको ठक्करबाट उनको मृत्यु भएको हो। 

मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका हितंगा सवार लु८प ९०६८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको बसले ठक्कर दिएको हो। 

दुर्घटनाबाट गम्भीर घाइते भएका हितंगाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

लामो समयदेखि टेलिभिजन क्यामेरापर्सनका रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटीभीको लुम्बिनी प्रदेशमा संवाददाता थिए।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बसिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .