लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्।
यसअघि नेकपा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्ण केसी मन्त्री बनिसकेका छन्। तर उनीहरुले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।
नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित थारु छन्। माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने टुंगो लागेको छ।
महराले आर्थिक मामिला मन्त्री बन्ने छन् । बाँकी ७ मन्त्रालय साना दललाई समेत मिलाउने गरि एमालेले पाएको छ।
एमालेबाट विष्णु पन्थी, तुल्सीराम शर्मा, दुर्गा थारु मन्त्री बन्दै छन्। पन्थीले स्वास्थ्य मन्त्रालय पाउने सम्भावना छ।
जनमत पार्टीका चन्द्रकेश गुप्ता पनि मन्त्री बन्दै छन्।
मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि गिरिले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
Shares
प्रतिक्रिया