पाल्पाबाट गुल्मी जोड्ने तानसेस-रिडी-तम्घास सडक आजबाट १ महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ।
सो सडक खण्डको मालमुल जोर्ते खण्डमा सडक चौडा लगायत मर्मतका काम गर्नुपर्ने हुँदा फागुन ९ गतेसम्म दैनिक सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
जसअनुसार विहान ५ बजेदेखी ९ बजेसम्म, दिउसो १२ बजेदेखी ४ बजेसम्म र साँझ ६ बजेबाट राती १० बजेसम्म सडक बन्द गरेर मर्मतको काम गर्न लागिएको डिभिजन प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिए।
यसअघि पनि सोहि खण्डमा पटक पटक सूचना निकालेर सडक चौडा पार्ने काम सडक डिभिजन पाल्पाले गरेको थियो।
माघ १०, २०७९, मंगलबार
प्रतिक्रिया