नेपालगञ्जमा फैलिएको दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने स्वास्थ तथा जनसंख्यामन्त्री पदम गिरीले बताएका छन्।
स्वास्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्।
नेपालगन्जमा दादुरा फैलिएपछि अनुगमनमा पुगेका मन्त्री गिरीले त्यहाँको अवस्था बुझेपछि नियन्त्रणको काम भइरहेको र पूर्णरुपमा नियन्त्रणमा आउन एक महिना लाग्ने बताए।
माघ ९, २०७९, साेमबार
प्रतिक्रिया