समाज


७८ लाख घूस लिएका अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, तीन वर्ष जेल सजाय

नेपालखबरले फागुन २०७५ मा यसरी गरेको थियो पाठकको घूस काण्डको खुलासा
७८ लाख घूस लिएका अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, तीन वर्ष जेल सजाय

नेपालखबर
पुस २८, २०७९ बिहिबार २०:४९, काठमाडौँ

विशेष अदालत काठमाडौंले ७८ लाख घूस लिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारी ठहर गरेको छ। 

विशेष अदालतले बिहीबार एक फैसला सुनाउँदै पाठकलाई तीन वर्ष तीन महिना कैद सजाय सुनाएको हो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गर्दै पाठकलाई ३९ लाख जरिवानाको फैसला पनि गरेको हो। 

पाठकमाथि अख्तियारको सदस्य रहँदा भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप तीन वर्ष १० महिनाअघि लागेको थियो।

अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा पहिलो पटक नेपालखबरले १ फागुन २०७५ मा गरेको थियो। त्यसपछि नेपालखबरमा पाठकले घूस ‘डिल’ गरेका भिडिओ र अडियो श्रृंखला नै प्रकाशित भएको थियो। 

पाठकको घूस प्रकरणको खुलासापछि उनलाई निलम्बन गरेर अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारले उनी पदमा रहँदै मुद्दा अघि बढाएको थियो। भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको अख्तियामा रहँदा नै मुद्दा चलाइएकाले उनलाई थप तीन महिना कैद सजाय भएको हो।

पाठकलाई घूस दिने काममा संलग्न कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले ३ वर्ष जेल सजाय र ३९ लाख जरिवाना तोकेको छ। 

नेपालखबर अर्काइभमा हेर्नुहोस्– राजनारायण पाठक घूस काण्डका स्टोरी श्रृंखला :

१. अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

२. (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

३. (एक्स्क्लुसिभ भिडियो–२) लेखेर दिन्छु– पैसा फिर्ता हुन्छ, मिडियामा नलैजानुस्: अख्तियार आयुक्त पाठक

४. (एक्स्क्लुसिभ भिडियो–३) मेरो मोबाइल अख्तियारकै निगरानीमा छ, बच्न स्वीच अफ गर्छुः पाठक

५. राजनारायणको ‘घूस ग्याङ’मा शुभनारायण कसरी घुसे? (अडियो)

६. ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

७. ७८ लाख घूसः ४० लाख बैठक कोठामा, ३८ लाख छोरीको हातमा

८. ७८ लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad