ad ad

लुम्बिनी


रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो सार्वजनिक बिदा

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकाले दियो सार्वजनिक बिदा

सुदीप भण्डारी
पुस २४, २०७९ आइतबार १०:३३, बुटवल

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदै छ। रेसुङ्गा नगरपालिकाको सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा परिक्षण उडान हुन लागेको हो।

तारा एयरको ट्वीनअटर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलदेखी उडान भएर रेसुंगा विमानस्थलमा अवतरण गर्ने छ। 

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट सहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु लगायत रहने छन्।

यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ। त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ।

अहिले आफूहरु विमानलाई स्वागत गर्न विमानस्थलमा रहेको पौने १२ बजे विमान अवतरण हुने जानकारी आएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।

अहिले परीक्षण उडान भएको र छिट्टै नियमित उडान हुने हुने जानकारी दिए।

विमान उडान भएको अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ। रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन्।

निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थल सदरमुकाम तमघास बजारबाट ५ किलोमिटर दुरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .